प्रि-ओपन सेसनमा झिनो वृद्धि !

आज प्रिओपन सेसनमा नेप्से ०.२२ अंकले बढेको छ।

सोमबार केही अंकले घटेर २०५३.१६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०५३.३५ मा खुलेको हो। ४१२ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ७३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।

आज १६ कम्पनीको कारोबार हुँदा १० कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top