खप्तड लघुवित्तको आइपिओ भदौ ८ गतेदेखि सर्वसाधारणका लागि खुल्ने
खप्तड लघुवित्तले बुधबार भदौ ८ गतेदेखि आम सर्वसाधारणका लागि आइपिओ विक्री खुला गर्ने भएको छ।
संस्थाले प्रतिकित्ता १०० अंकित मूल्यका दरले एक लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । जसमध्य ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सामुहीक लगानी कोष र ०.५ प्रतिशत हुन आउने दुई हजार कित्ता सेयर कर्मचारीहरुका लागि हो । लगानीकर्ताले न्युनतम १० देखि अधिकतम १३ सय २० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यस आइपिओ भर्ने म्याद भदौ १२ गते सम्म रहेको छ। सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यसको सेयर भर्न सकिनेछ ।
Comments