इलेटबाट हेर्दा खस्दो बजारले सपोर्ट कहाँ लेला ?
ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l आजको प्राविधिक विश्लेषण यस प्रकार छ:
क्यान्डलस्टिक प्याटर्न :
नेप्सेले आज वियरिस स्पिनिङ्ग टप क्यान्डल बनाएको छ, जसको सामान्य अर्थ बजारमा बिक्रिकर्ता हावी भएकोले खरिदकर्ताको नियन्त्रण बाहिर बजार गएको छ lअर्कोतर्फ, बजार मिडल ब्याण्ड आसपास गएर फर्किएको हुँदा केही प्रोफिट बुकिङ्ग आएको देख्न सकिन्छ l
सपोर्ट र रेसिस्टेन्स :
पूर्ववत लाल्टिन डटकमको विश्लेषण अनुसार बजारले २०९० मा रेसिस्टेन्स लिन सक्ने अनुमानका साथ विगत १० दिनदेखि रोपोर्टिंग गरेकोमा बजारले त्यही बिन्दुमा रेसिस्टेन्स लिएर सुटिङ्ग स्टार क्याडल बनाउँदै हिजो खसेको थियो l जसको अर्थ बजारले मिडल ब्याण्ड आसपास र रेसिस्टेन्स दुबैको साझा बिन्दुमा सुटिङ्ग स्टार बनाएको हुँदा ट्रेन्ड रिभर्सल हुन सक्ने अनुमान लगाउन सकिन्थियो l त्यही कुरालाई निरन्तर दिँदै आज पनि बजार खसेको छ l अब नजिकैको सपोर्ट २००० आसपास र अर्को सपोर्ट १९१५ तिर रहेको अनुमान लगाउन सकिन्छ l
बोलिंजर ब्याण्ड :
बोलिंजर ब्याण्डबाट बजारलाई हेर्दाखेरी हिजो मिडल ब्याण्डको आसपासमा गएर सुटिंग स्टार बनाएको हुँदा बजार खस्न सक्ने अनुमान आज भ्यालिड भएको छ l त्यसैगरी बजारले लोवर ब्याण्ड २००० आसपासमा पहिलो सपोर्ट लिन सक्ने तर त्यो बिन्दुमा पनि बजार फर्कन नसकेमा अर्को सपोर्ट १९१५ आसपासमा देखिएको छ l
आर.एस.आई
आर.एस.आई ४८. ९६ बिन्दुबाट केही तल झुकेको छ l यो इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी ४० बिन्दु आसपासमा आएर पहिलो सपोर्ट लिन सक्ने अनुमान लगाउन सकिन्छ l
एम.ए.सी.डी
यो इन्डिकेटरबाट बजारलाई हेर्दा एम.ए.सी.डी लाइनले सिग्नल लाईनलाई माथिबाट काटेर वियरिस क्रस ओभर बनाएको देख्न सकिन्छ l वियरिस हिस्टोग्राम केही घटेर फिक्का रातो भएको छ जसको सामान्य अर्थ खरिद चाँप बढ्दै गरेको अनुमान लगाउन सकिन्छ l अर्कोतर्फ, एम.ए.सी.डी लाईन जीरो लाइनबाट केही तल खसेको हुँदा सकारात्मक हुन भने सकिंदैन l यद्यपि, सुरक्षित लगानी गर्न चाँही निलो लाईनले रातो लाईनलाई तलबाट काटेर बुलिस क्रस ओभर दिन आवश्यक छ l
डी.एम .आई
डी. एम आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी बुलिस क्रस ओभर देखिको छ जुन आफैंमा सकारात्मक कुरा हो l त्यसैगरी, ए.डी. एक्स लाईन पनि केही साइडवेज भएको हुँदा केही समय लगाएर बुलिस मोमेन्टम आउन सक्ने आँकलन गर्न भने सकिन्छ l
निस्कर्ष :
बजारले पहिलो रेसिस्टेन्स र मिडल ब्याण्ड २०९० को आसपासमा सुटिङ्गस्टार क्यान्डल बनाएको हुँदा केही नेगेटिभ भने बनाएको थियो जुन कुरालाई आज बनेको वियरिस क्यान्डलले भ्यालिड गरेको छ l अबको नजिकैको सपोर्ट २००० को आसपास र दोस्रो सपोर्ट १९१५ आसपास रहेको हुँदा प्यानिक नै भएर सस्तोमा फाल्नुपर्ने अवस्था भने छैन l इलेट वेभबाट हेर्दाखेरी पनि अबको बजार १८५०-१९०० को आसपास आउने देखिएको छ l
पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथी प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !
Comments