नेप्सेमा करिब साढे सात अङ्कको गिरावट, दुई कम्पनीको भने पोजिटिभ सर्किटमा कारोबार !

आज सोमबार ७.३८ अङ्कले घटेर ०.३६% गिरावटको साथ नेप्से परिसूचक २०५३.१६ अंकमा बन्द भएको छ। कारोबार भएका २२२ कम्पनीमध्ये ४७ कम्पनी उकालो लागेको छन्, १२४ कम्पनी ओरालो लागेका छन् भने १६ कम्पनी स्थिर रहेका छन्।

 

कारोबार भएका ४ उप-समुहबाहेक बाँकी ९ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारमा अपर हेवाखोला र मन्दाकिनी हाइड्रो पावर कम्पनीको पोजिटिभ सर्किट लागेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा एनआईबीएल समृद्धि फन्ड २ रहेको छ जसको सेयर मूल्य ६.७५ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार हिमाल दोलखा हाइड्रो पावर कम्पनीको भएको छ ।

 

प्रमुख कारोबार 

Comments

Back to top