नेप्से इन्ट्राडे अपडेट: लगभग १२ अङ्कको गिरावट!
आज नेप्से बजार दोहोरो अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०५० को नजिक आएको छ। ११.५० अङ्कले घटेर नेप्से परिसूचक २०४९.०४ मा आएको हो । आज २ घण्टामा लगभग ८५ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आज २ कम्पनीको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा दोर्दी खोला जलविद्युत रहेको छ जसले ५.५३ % गुमाएको छ । #nepseintraday
Comments