आर्थिक मन्दीले चीनमा इन्धनको माग घट्न सक्ने सम्भावना !

संसारभरि आर्थिक मन्दीको आउने आँकलन विज्ञहरुले गरिरहेका छन् । 

सम्भावित विश्वव्यापी मन्दीको चिन्ताका कारण कच्चा तेलको मूल्य घटिरहेको छ। ब्रेन्ट कच्चा तेलको मूल्यप्रति ब्यारेल ९१.५१ डलर रहेको छ। यो एक साताअघिको मूल्यभन्दा ६ प्रतिशतले कम हो। गत अगस्ट १० मा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.४० डलर थियो। तर, गत बिहीबार बिहान ब्रेन्ट क्रुडको भाउमा सामान्य वृद्धि भएको थियो र प्रति ब्यारेल ९३.६८ डलरमा कारोबार भएको थियो। 

चीनको अर्थतन्त्रमा आएको मन्दीका कारण इन्धनको मागमा ठूलो गिरावट आउन सक्ने देखिएको छ। यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थको मूल्यमा पर्न सक्छ। इन्धनको माग घट्दा भाउमा अझै गिरावट आउन सक्ने देखिन्छ। 

स्रोत: एजेन्सी

Comments

Back to top