चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मिति
म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम मिति रहेको छ।
सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले लाभांश वितरण प्रयोजनार्थ भदौ ७ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम यी म्युचुअल फण्डका इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड–२ ले १० प्रतिशत, लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले ५-५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
Comments