पहिलो रेसिस्टेन्स र मिडल ब्याण्ड आसपास २०९० बाट खस्यो बजार, सुटिंग स्टार क्यान्डलले के भन्छ ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l आजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

 

 

नेप्सेले आज सुटिंग स्टार क्यान्डल बनाएको छ, जसको सामान्य अर्थ बजारमा बिक्रिकर्ता हावी भएकोले खरिदकर्ताको नियन्त्रण बाहिर बजार गएको छ lअर्कोतर्फ, बजार मिडल ब्याण्ड आसपास गएर फर्किएको हुँदा केही प्रोफिट बुकिङ्ग आएको देख्न सकिन्छ l 

सपोर्ट र रेसिस्टेन्स :

 

 

पूर्ववत लाल्टिन डटकमको विश्लेषण अनुसार बजारले २०९० मा रेसिस्टेन्स लिन सक्ने अनुमानका साथ विगत १० दिनदेखि रोपोर्टिंग गरेकोमा बजारले आज त्यही बिन्दुमा रेसिस्टेन्स लिएर सुटिङ्ग स्टार क्याडल बनाउँदै खसेको छ l जसको अर्थ बजारले मिडल ब्याण्ड आसपास र रेसिस्टेन्स दुबैको साझा बिन्दुमा सुटिङ्ग स्टार बनाएको हुँदा ट्रेन्ड रिभर्सल हुन सक्ने अनुमान लगाउन सकिन्छ l 

बोलिंजर ब्याण्ड :

 

बोलिंजर ब्याण्डबाट बजारलाई हेर्दाखेरी  मिडल ब्याण्डको आसपासमा गएर सुटिंग स्टार बनाएको छ  l जसले ट्रेन्ड रिभर्सलको संकेत गर्दछ  l त्यसकारण बजारले लोवर ब्याण्ड २००० आसपासमा पहिलो सपोर्ट लिने तर त्यो बिन्दुमा पनि बजार फर्कन नसकेमा अर्को सपोर्ट १९१५ आसपासमा देखिएको छ l 

आर.एस.आई

  

 

आर.एस.आई  ४८. ९६ बिन्दुबाट केही तल झुकेको छ l यो इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी ४० बिन्दु आसपासमा आएर पहिलो सपोर्ट लिन सक्ने अनुमान लगाउन सकिन्छ l 

एम.ए.सी.डी

 

यो इन्डिकेटरबाट बजारलाई हेर्दा एम.ए.सी.डी लाइनले  सिग्नल लाईनलाई माथिबाट काटेर वियरिस क्रस ओभर बनाएको देख्न सकिन्छ l वियरिस हिस्टोग्राम केही घटेर फिक्का रातो भएको छ  जसको सामान्य अर्थ खरिद चाप बढ्दै गरेको अनुमान लगाउन सकिन्छ l अर्कोतर्फ, एम.ए.सी.डी लाईन जीरो लाइनबाट केही तल खसेको  हुँदा सकारात्मक हुन भने सकिंदैन l  यद्यपि, सुरक्षित लगानी गर्न चाँही  निलो लाईनले रातो लाईनलाई तलबाट काटेर बुलिस क्रस ओभर दिन आवश्यक छ l

डी.एम .आई

 

 

डी. एम आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी बुलिस क्रस ओभर देखिको छ जुन आफैमा सकारात्मक छ l त्यसैगरी, ए.डी. एक्स लाईन पनि केही साइडवेज भएको हुँदा केही समय लगाएर बुलिस मोमेन्टम आउन सक्ने आँकलन गर्न सकिन्छ l 

 

निस्कर्ष :

बजारले पहिलो रेसिस्टेन्स र मिडल ब्याण्ड २०९० को आसपासमा सुटिङ्गस्टार क्यान्डल बनाएको हुँदा केही नेगेटिभ भने बनाएको छ l त्यसकारण अर्को नजिकैको सपोर्ट २००० को आसपास र दोस्रो सपोर्ट १९१५ आसपास रहेको हुँदा प्यानिक नै भैहाल्नु पर्ने अवस्था भने रहेको छैन l इलेट वेभबाट हेर्दाखेरी पनि अबको बजार १८७०-१९०० को आसपास आउने देखिएको छ l 

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथी प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

 

Comments

Back to top