नेप्सेमा करिब ८ अङ्कको गिरावट, १३२ कम्पनी लागे ओरालो !
आज आइतबार ७.७२ अङ्कले घटेर ०.३७% गिरावटको साथ नेप्से परिसूचक २०६०.५५ अंकमा बन्द भएको छ। कारोबार भएका २१८ कम्पनीमध्ये ४७ कम्पनी उकालो लागेको छन्, १३२ कम्पनी ओरालो लागेका छन् भने ८ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ४ उप-समुहबाहेक बाँकी ९ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारमा अपर हेवाखोला र मन्दाकिनी हाइड्रो पावर कम्पनीको पोजिटिभ सर्किट लागेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा रिभर फल्स पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ५.१९ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर रिदि पावरको र धेरै भोलुममा कारोबार अपि पावर कम्पनीको भएको छ ।
Comments