नेप्से इन्ट्राडे अपडेट: लगभग ६ अङ्कको वृद्धि !

आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०७० को नजिक आएको छ। ५.६८ अङ्कले बढेर नेप्से परिसूचक २०७३.९४ मा आएको हो । आज २ घण्टामा लगभग ९५ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आज २ कम्पनीको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एनआईसी एशिया सेलेक्ट फन्ड ३० रहेको छ जसले ३.८८ % गुमाएको छ । #nepseintraday

Comments

Back to top