बेलायतमा मुद्रास्फीति ४० वर्षयताकै उच्च !

बेलायतमा मुद्रास्फीति ४० वर्षयताकै उच्चदरमा बढेको हो। 

बेलायतको मुद्रास्फीति दर १०.१ प्रतिशत पुगेको छ। यो ४० वर्षयताकै उच्च बिन्दु हो। 

बेलायतस्थित अर्थशास्त्रीको टिम ग्रुप अफ सेभनका अनुसार यो उचाइसँगै बेलायतमा कस्ट अफ लिभिङ अगस्टमा झनै बढेको छ भने उपभोक्ताको विश्वास अझै घटेको छ। 

बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ इंग्ल्यान्ड’ले बेलायतमा ३ महिनापछि मन्दी आउन सक्ने अनुमान गरेको छ। यसो भएमा बेलायत सन् २०२४ सम्म मन्दीबाट बाहिर निस्कन नसक्ने बैंकको भनाइ छ।

उच्च मुद्रास्फीतिसँगै पर्चेज इन्डेक्स (खरिद सूचक)मा पनि गिरावट आएको छ। बेलायका सबै आर्थिक सूचकहरु जुलाईको तुलनामा अगस्टमा झनै बिग्रेको अवस्थामा छ। 

स्रोत: एजेन्सी

Comments

Back to top