सोल्टी होटलको आम्दानी एक अर्बभन्दा बढी

सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटलको आम्दानीसँगै नाफा पनि बढेको हो।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा होटलले १ अर्ब ३७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०२.१६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ४५ करोड ३९ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो।

आम्दानी बढेसँगै होटलको नाफा पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा २२ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस होटलले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३० करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ।

८४ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा ८९ करोड १२ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा होटलको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६७ पैसा ऋणात्मकबाट बढेर ३ रुपैयाँ ५८ पैसा पुगेको छ। असार मसान्तसम्ममा होटलको प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.५७ गुणा रहेको छ।

Comments

Back to top