हकप्रद निष्काशनको लागि राधी विद्युत कम्पनीले तोक्यो बुकक्लोज मिति
राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशनको लागि बुकक्लोज मिति तोकेको छ। कम्पनीले भदौ १२ गते बुकक्लोज गर्ने निर्णय गरेको हो।
कम्पनीले १ बराबर १.४७५२ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ ५० पैसाको १४७.५२ प्रतिशत अर्थात ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
भदौ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम कम्पनीका सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
Comments