वाल्ट डिज्नीको अद्भुत कहानी: रचनात्मकता छैन भनेर जागिरबाट निकालिएका व्यक्तिले कसरी गरे काल्पनिक संसारमा राज ?
वाल्ट डिज्नी आज विश्वका महान प्रेरणादायी उद्यमी र परोपकारीको रुपमा चिनिन्छन्। उनको संघर्ष र हण्डर निकै धेरै छन् । आउनुहोस् आज हामी यस महान व्यक्तिको संघर्षको कथा पढौं र जानौं कसरी एक साधारण असफल भईरहने मान्छे सफल भयो भनेर !
एकपटकको कुरा हो एउटा आर्ट स्टुडियोका सम्पादकले वाल्ट डिज्नीलाई कल्पनाशक्ति र रचनात्मकताको कमी छ, नयाँ विचार ल्याउन सक्दैनौ, जागिरको लागि योग्य छैनौ भनेर निकाले।
यो कुराले ती १८ वर्षिय जवानको मुटु बिझ्यो किनकि उनी बाल्यकालदेखि नै चित्र कोर्दै आएका थिए। पछि गएर उनै जवान एक सफल कार्टुन चरित्र निर्माता बन्न पुगे।
वाल्ट डिज्नीको पूरा नाम वाल्टर एलियास डिज्नी हो। उनको जन्म डिसेम्बर ५, १९०१ मा शिकागो, इलिनोइस, अमेरिकामा भएको थियो। उनी अमेरिकी मोशन–पिक्चर तथा टेलिभिजन निर्माता हुन् र एनिमेटेड फिल्म निर्माताको रूपमा प्रसिद्ध छन्। उनी मिकी माउस र डोनाल्ड डक जस्ता कार्टुन क्यारेक्टरहरूको निर्माताको रूपमा चर्चित छन्। उनले स्थापना गरेको डिज्नी कम्पनी संसारको सबैभन्दा ठूलो मनोरञ्जन कम्पनीमध्ये एक बनेको छ।
अपमानको जवाफ दिन, वाल्ट डिज्नीले त्यही वर्ष अर्थात १९२१ मा आफ्नो साथीसँग मिलेर आइवर्कस डिज्नी कमर्शियल आर्टिस्ट नामक कम्पनी खोले, जहाँ उनी अखबारका विज्ञापनहरू आदिका लागि चित्र र कार्टुन काम गर्थे। वाल्ट डिज्नी र आइवर्कस यस व्यवसायमा पूर्ण रुपमा असफल भए। तर वाल्टले हार मानेनन्।
सन् १९२२ मा उनी एक्लैले लाफ–ओ–ग्राम नामक एक अर्को व्यवसाय सुरु गरे। वाल्ट डिज्नीले स्थानीय थिएटरका लागि स–साना एनिमेसन फिल्म बनाउँथे तर पैसाको अभाव र घाटाका कारण सन् १९२४ मा उनले यो व्यवसाय पनि बन्द गर्नुपर्यो। वाल्ट डिज्नीले त्यसलाई बचाउन दिनरात काम गरे। उनी आफ्नो बुबाको ग्यारेजमा राती अबेरसम्म काम गर्थे। सो समयमा वाल्ट डिज्नीलाई आफैंमाथि शंका लाग्न थालेको थियो। उसलाई लाग्न थालेको थियो कि एनिमेसन र कमर्शियल आर्ट उनको लागि होइन। त्यसैले उनी भाइसँग हलिउड गए तर उनले त्यहाँ पनि खासै काम पाएनन्। तर उनले त्यहाँ कुनै विशेष एनिमेसन स्टुडियो नभएको देखे र फेरि हिम्मत जुटाएर आफ्नो भाइसँग मिलेर डिज्नी ब्रोस नामको स्टुडियो खोले र यो व्यवसाय ठिक–ठाकै चल्न थाल्यो। उनको पहिलो सफलता र प्रसिद्धि ‘ओस्वाल्ड–द लकी र्याबिट’ बाट प्राप्त भयो जब वाल्ट डिज्नीले आफ्नो निर्मातालाई न्यूयोर्कमा भेटे र आफ्नो सम्झौतामा हस्ताक्षर गरे।
वाल्ट डिज्नी धेरै निराश भए। यहाँसम्म पुग्न वाल्ट डिज्नीले ८ वर्ष कडा मेहनत गरे। एक समय यस्तो पनि थियो जब उनी अफिसमा भुइँमा सुत्ने र रेल स्टेसनमा नुहाउने गर्थे, तर ठूलो स्टुडियो बनाउनुको सट्टा, वाल्ट डिज्नीले आफ्नो रचनात्मक उर्जालाई नयाँ प्रोजेक्टमा लगाए, उक्त बैठक पछि उनी तुरुन्तै रेलमा बसे र आफ्नो नयाँ परियोजनामा काम गर्न थाले। जसलाई पछि मिकी माउस नाम दिइएको थियो। मिकी माउसलाई वाल्ट डिज्नीद्वारा परिश्रमपूर्वक एनिमेटेड गरिएको थियो र आफ्नो आवाज आफैले दिए। उनले यो सबै एक्लै गरे किनभने कम्पनीमा कोही पनि बाँकी थिएनन्। जब डिज्नीले मिकी माउसको आइडिया आफ्ना वितरकहरूलाई सुनाए, तब उनीसँग काम गर्न कोही पनि तयार भएनन्। वितरकहरुले मानिसहरुले ठूलो पर्दामा मुरा जस्ता रोडेंट हेर्न मन पराउँदैनन् भन्ने बताएका थिए। तर, वाल्ट डिज्नी आफ्नै जिद्दिमा थियो। जब मिकी माउसको कन्सेप्ट फिल्म तयार भयो, कुनै पनि बैंक उसलाई आर्थिक सहयोग गर्न तयार भएनन्। त्यसपछि आफ्नो फिल्म र कन्सेप्टको बारेमा कुरा गर्दै वाल्ट डिज्नील जताततै घुम्दै बताउन थाले र ३०० बैठक पछि, एउटा बैंक त्यसमा पैसा लगाउन मुस्किलले तयार भयो।
६ वर्षको मिहिनेतपछि मिकी माउसलाई नोभेम्बर १८, १९२८ मा थिएटरमा प्रस्तुत गरियो, जसले वाल्ट डिज्नीलाई फरक पहिचान दियो। यो होइन कि वाल्ट डिज्नी असफलता र धोकाबाट पीडित भएनन्, मिकी माउस सफल भएपछि पनि उनको कम्पनी ऋणमा डुबेको थियो। राती सुत्न नसक्ने भएका थिए। फोनमा कुरा गर्दा रुन थाल्थे वा बैठक र रिहर्सलमा ध्यान दिन सक्दैनथे। तर उनमा एउटा विशेषता थियो, जसका कारण उनी साना–ठूला समस्याबाट बाहिर निस्कन सक्थे।
वाल्ट डिज्नी आफ्नो असफलताको बारेमा खुलेर बताउँथे। असफलतासँग लड्ने उनको तरिका यो थियो कि उनले असफलता र कठिनाइको समयमा ठूलो दृष्टिकोणबाट हेर्थे र त्यसलाई पूरा गर्नमा पूर्ण उत्साहका साथ लाग्ने गर्थे। मिकी माउस पछि, जब डिज्नी कम्पनी ४ मिलियनको ऋणमा थियो, वाल्ट डिज्नीले पहिलो पूर्ण लम्बाइको एनिमेटेड फिचर फिल्म बनाउन कटिबद्ध भए। त्यसपछि उनले ऋण लिए र ३ वर्षको कडा परिश्रम गरि नयाँ यथार्थवादी एनिमेसन पत्ता लगाएपछि १९३७ मा स्नो ह्वाइट एण्ड द सेभेन डार्फ रिलिज गरे। र फिल्मले ठूलो सफलता पायो। त्यसपछि धेरै चुनौतीहरू आए र डिज्नील्याण्डको उद्घाटन गरियो। तर वाल्ट डिज्नीले पछाडि फर्केर हेरेनन् किनभने उनले यस समयसम्म आफ्नो नाम र व्यवसाय स्थापित गरिसकेका थिए।
लगनशीलता वाल्ट डिज्नीको विशेषता थियो, उनी एनिमेसन बनाउँदै आएको प्रोजेक्टसँग भावनात्मक रूपमा एकताबद्ध हुन्थे, त्यसपछि जतिसुकै सल्लाह, अप्ठ्यारा र बाधा आए पनि त्यसले उनको मन बदल्न सकेन। त्यसैले उनका नजिकका साथीभाइ र आफन्तहरूले वाल्ट डिज्नी अलिकति पागल छ भन्ने गर्थे।
उनको दोस्रो विशेषता थियो लगनशीलता अर्थात् निरन्तर काम गर्ने। दृढताको फाइदा तब मात्र हुन्छ जब तपाईँ आफ्नो दृष्टिकोणमा लगातार कार्य गर्नुहुन्छ अन्यथा तपाईँ साँच्चै विचारहरूमा हराउनु हुनेछ र वास्तविकतासंग सम्पर्क गुमाउनु हुनेछ।
दर्शनहरूले तपाईंलाई सपना देखाउँछन्, तपाईंलाई उत्साह र उमंगले भर्दछ, तर कार्यहरूले तपाईंलाई धरातलमा जोड्दछ र तपाईंको दर्शन र लक्ष्यहरूको लागि मार्ग निर्धारण गर्दछ।
Comments