खस्दो बजारमा अबको रणनीति कस्तो लिँदा उपयुक्त ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ lआजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

नेप्सेले हिजो बनाएको डार्क  क्लाउड कबर प्याटर्न भ्यालिड भएको छ  l जसले बजारमा ट्रेन्ड रिभार्सलको संकेत गर्दथ्यो  l सामान्य अर्थमा भन्नुपर्दा बजारमा अझै पनि बिक्रिकर्ताको चाप अत्यधिक भएकोले बजार तल नै जान सक्ने कुरा क्यानडलबाट प्रक्षेपण गर्न सकिन्थ्यो l तथापी आज पनि बजारले वियरिस स्पिनिङ्ग टप क्यान्डल बनाएको छ l त्यसकारण अझै पनि बजार सम्हाली नसकेको हुँदा हतारमा इन्ट्री गर्नु त्यती बुद्दिमानी भने देखिँदैन l

सपोर्ट र रेसिस्टेन्स :

खस्दो बजारमा नजिकैको रेसिस्टेन्स  २०९०  को रेन्जमा रहेको थियो जसलाई बजारले सम्मान गरेको छ  l आजको बजार  २०४० .७०   विन्दुमा आएर बन्द भएको छ l तसर्थ अबको नजिकैको सपोर्ट २००० को आसपासमा रहेको तर यो विन्दुबाट पनि बजार नाफर्केमा अर्को  बलियो सपोर्ट १९१५ विन्दु आसपासमा रहेकाले केही समय  कुर्न सकिने छ l

बोलिंजर ब्याण्ड :

बोलिंगर ब्याण्डबाट बजारलाई हेर्न्दाखेरी मिडल ब्याण्डको आसपासमा गएर डार्क क्लाउड कभर प्याटर्न बनाएको थियो  l जसले ट्रेन्ड रिभार्सलको संकेत गर्दथियो l जुनकुरा आजको बजारले प्रमाणित गरेको छ l अबको नजिकैको बलियो सपोर्ट भने लोवर ब्याण्ड आसपास १९१५ तिर रहेको मान्न सकिन्छ l

आर.एस.आई

आर.एस.आई ४ ७  विन्दुबाट  झुकेर आजको बजारसम्म आईपुग्दा ४४.४७   विन्दुमा केही साइडवेज भएको देख्न सकिन्छ l यो इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी बिस्तार बजार खसेमा ३८ बिन्दु आसपासमा सपोर्ट लिने तर भारी गिरावट भएमा २२ को आसपास सपोर्ट लिन सक्ने आधार प्राविधिक विश्लेषणबाट देखिन्छ l

एम.ए.सी.डी

यो इन्डिकेटरबाट बजारलाई हेर्दा एम.ए.सी.डी लाइनले  सिग्नल लाईनलाई माथिबाट काटेर वियरिस क्रस ओभर बनाएको देख्न सकिन्छ l वियरिस हिस्टोग्राम केही घटेर फिक्का रातो भएको छ  जसको सामान्य अर्थ खरिद चाप बढ्दै गरेको अनुमान लगाउन सकिन्छ l अर्कोतर्फ एम.ए.सी.डी लाईन जीरो लाइनबाट केही तल खसेको  हुँदा सकारात्मक हुन भने सकिंदैन l  यद्यपि, सुरक्षित लगानी गर्न चाँही  निलो लाईनले रातो लाईनलाई तलबाट काटेर बुलिस क्रस ओभर दिन आवश्यक छ l

डी.एम .आई

यो इन्डिकेटरबाट बजारलाई हेर्दा दुवै डी.एम .आई लाईनले आपसमा किस गरेका छन्  भने  ए. डी. एक्स. लाईनले  १६.०७  बिन्दुमा निरन्तर घटेको  देख्न सकिन्छ l  जसले बजारमा क्रमश: बिक्री चाप बढी हुँदै गएको देखाउदछ l यो प्रक्रिया निरन्तर दोहोरिने हो भने अबको मोमेन्ट वियरिस  देखिने छ l बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले खरिद चाप भने अपेक्षित देखिएको छैन l अर्कोतर्फ सुरक्षित बजार प्रवेशको लागी हरियो लाईनले रातो लाईनलाई काटेर बुलिस क्रस ओभर भ्यलिड हुन आवश्यक छ l  

निस्कर्ष :

हिजो  नेप्सेले डार्क क्लाउड कभर प्यार्टन बनाएको  थियो जसले ट्रेन्ड रिभर्सल यानी की आफैमा वियरिस संकेत देखाउँथ्यो  l त्यसैगरी बोलिंजर ब्याण्डबाट हेर्दाखेरी मिडल ब्याण्डको आसपासमा गएर बजारले रेसिस्टेन्स लिएको र सपोर्ट रेसिस्टेन्सबाट पनि अबको सपोर्ट १९१५  आसपास रहेकाले नयाँ इन्ट्रीको लागी उपयुक्त देखिँदैनथ्यो जुन कुरा आजको बजारले भ्यालिड गरेको छ  l अर्कोतर्फ भएको सेयरलाई प्यानिक भएर सस्तोमा बेच्नुपर्ने अवस्था पनि नरहेको र पैसालाई जम्मा गरेर १९१० आसपासको रेन्जबाट बजार फर्केमा कन्फरमेसन कुरी नयाँ इन्ट्री वा एभ्रेजिंगको लागी सकिने छ l

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथी प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

Comments

Back to top