नेप्से इन्डेक्स तल झर्न मानेन, १०२ कम्पनी लागे उकालो !

आज बुधबार मात्र ०.३६ अङ्कले घटेर ०.०२% गिरावटको साथ नेप्से परिसूचक २०४०.७० अंकमा बन्द भएको छ। कारोबार भएका २२० कम्पनीमध्ये १०२ कम्पनी उकालो लागेको छन्, ६९ कम्पनी ओरालो लागेका छन् भने १४ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका ७ उप-समुहहरुको सेयर मूल्य उकालो र ६ उप-समुहहरु सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारमा पाँच कम्पनीको पोजिटिभ सर्किट लागेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा साम्लिंग पावर कम्पनी रहेको छ जसको सेयर मूल्य ५.१४ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार रिदि पावर कम्पनीको भएको छ ।

Comments

Back to top