नेप्से इन्ट्राडे अपडेट: लगभग १ अङ्कको गिरावट !
आज नेप्से बजार केही अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०४० को नजिक आएको छ। ०.७३ अङ्कले घटेर नेप्से परिसूचक २०४०.३३ मा आएको हो । आज २ घण्टामा लगभग ५० करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा निकै कम हो।
यस्तै, आज ४ कम्पनीको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा मानुषी लघुवित्त रहेको छ जसले ५.९४ % गुमाएको छ । #nepseintraday
Comments