२०९० मा ठक्कर खाई खस्यो बजार , अब के रणनीति लिने ?
ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l आजको प्राविधिक विश्लेषण यस प्रकार छ:
क्यान्डलस्टिक प्याटर्न :
नेप्सेले आज डार्क क्लाउड कबर प्याटर्न बनाएको छ l यसले बजारमा ट्रेन्ड रिभार्सलको संकेत गर्दछ l सामान्य अर्थमा भन्नुपर्दा बजारमा अझै पनि बिक्रिकर्ताको चाँप अत्यधिक भएकोले बजार तल नै जान सक्ने कुरा क्यानडलबाट प्रक्षेपण गर्न सकिन्छ l
सपोर्ट र रेसिस्टेन्स :
खस्दो बजारमा नजिकैको रेसिस्टेन्स २०९० को रेन्जमा रहेको थियो जसलाई बजारले सम्मान गरेको छ l आजको बजार २०४१.०६ विन्दुमा आएर बन्द भएको छ l तसर्थ अबको नजिकैको बलियो सपोर्ट १९१० विन्दु आसपासमा रहेकाले त्यो विन्दु आसपास कुर्न सकिने छ l
बोलिंजर ब्याण्ड :
बोलिंजर ब्याण्डबाट बजारलाई हेर्दाखेरी मिडल ब्याण्डको आसपासमा गएर बजारले डार्क क्लाउड कभर प्याटर्न बनाएको छ l त्यसकारण बजारले अब को नयाँ सपोर्ट लोवर ब्याण्डको आसपास १९१० को रेन्जतिर लिन सक्ने आधार प्रसस्त देखिन्छ l त्यसकारण अहिले पर्ख र हेरको अवस्थामा बजार रहेको छ l
आर.एस.आई
आर.एस.आई ४ ७ बिन्दुबाट झुकेर आजको बजारसम्म आईपुग्दा ४४.४७ बिन्दुबाट फर्किएको देख्न सकिन्छ l यो इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी पनि खासै सकारात्मक भने हुन सकिने अवस्था छैन l
एम.ए.सी.डी
यो इन्डिकेटरबाट बजारलाई हेर्दा एम.ए.सी.डी लाइनले सिग्नल लाईनलाई माथिबाट काटेर वियरिस क्रस ओभर बनाएको देख्न सकिन्छ l वियरिस हिस्टोग्राम केही घटेर फिक्का रातो भएको देख्न सकिन्छ जसको सामान्य अर्थ खरिद चाप बढ्दै गरेको अनुमान लगाउन सकिन्छ l अर्कोतर्फ एम.ए.सी.डी लाईन जीरो लाइनबाट केही तल फर्केको हुँदा सकारात्मक हुन भने सकिंदैन l यद्यपि, सुरक्षित लगानी गर्न भने निलो लाईनले रातो लाईनलाई तलबाट काटेर बुलिस क्रस ओभर दिन आवश्यक छ l
डी.एम .आई
यो इन्डिकेटरबाट बजारलाई हेर्दा दुवै डी.एम .आई लाईनले आपसमा किस गरेका छन् भने ए. डी. एक्स. लाईनले १७ .३१ बिन्दुमा निरन्तर घटेको देख्न सकिन्छ l जसले बजारमा क्रमश: बिक्री चाप बढी हुँदै गएको देखाउँदछ l यो प्रक्रिया निरन्तर दोहोरिने हो भने अबको मोमेन्ट वियरिस देखिने छ l अर्कोतर्फ सुरक्षित बजार प्रवेशको लागी हरियो लाईनले रातो लाईनलाई काटेर बुलिस क्रस ओभर भ्यलिड हुन आवश्यक छ l
निस्कर्ष :
आज नेप्सेले डार्क क्लाउड कभर प्यार्टन बनाएको छ जसले ट्रेन्ड रिभार्सल यानी की आफैमा वियारिस संकेत देखाउँछ l त्यसैगरी बोलिंजर ब्याण्डबाट हेर्दाखेरी मिडल ब्याण्डको आसपासमा गएर बजारले रेसिस्टेन्स लिएको र सपोर्ट रेसिस्टेन्सबाट पनि अबको सपोर्ट १९१० आसपास रहेकाले नयाँ इन्ट्रीको लागी उपयुक्त देखिदैन l अर्कोतर्फ भएको सेयरलाई प्यानिक भएर सस्तोमा बेच्नुपर्ने अवस्था पनि नरहेको जानकारी प्राविधिक विश्लेषणबाट देखिन्छ l
पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथी प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !
Comments