नेप्सेमा करिब २५ अङ्कको गिरावट, १६९ कम्पनी लागे ओरालो !

आज मंगलबार २४.८३ अङ्कले घटेर १.२०% गिरावटको साथ नेप्से परिसूचक २०४१.०६ अंकमा बन्द भएको छ। कारोबार भएका २२१ कम्पनीमध्ये १२ कम्पनी उकालो लागेको छन्, १६९ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारमा अपर हेवाखोला कम्पनीको पोजिटिभ सर्किट लागेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा युनिलिभर नेपाल रहेको छ जसको सेयर मूल्य ५.६२ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार रिदि पावर कम्पनीको भएको छ ।

Comments

Back to top