नेप्से इन्ट्राडे अपडेट: लगभग ४ अङ्कको गिरावट !

आज नेप्से बजार केही अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०६० को नजिक आएको छ। ४.१८ अंकले घटेर नेप्से परिसूचक २०६१.७१ मा आएको हो । आज २ घण्टामा लगभग १ अर्ब ५८ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा अपर हेवाखोला हाइड्रोपावर कम्पनी रहेको छ जसको ८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा हिमालयन पावर पार्टनर लिमिटेड रहेको छ जसले ३.९८ % गुमाएको छ । #nepseintraday

Comments

Back to top