प्रि-ओपन सेसनमा करिब साढे तीन अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो !

आज प्रिओपन सेसनमा नेप्से ३.४८ अंकले बढेको छ।

सोमबार भारी अंकले बढेर २०६५.८९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०६९.३७ मा खुलेको हो। ३६२० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १८ लाख ३९ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा धेरै हो।

आज २७ कम्पनीको कारोबार हुँदा २० कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top