भारी अंक बढेको नेप्सेले मिडल ब्याण्ड २१०० आसपासमा के गर्ला ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ lआजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

नेप्सेले आज बुलिस माराबोजु क्यान्डल बनाएको छ जसको अर्थ बजार लगानीकर्ताको नियन्त्रणमा रहन सफल भएको जनाउँदछ l यही प्रकिया निरन्तर रहने हो भने अबको अर्को नजिकैको रेसिस्टेन्स २१०० को आसपासमा देखिन्छ l

सपोर्ट र रेसिस्टेन्स :

खस्दो बजारमा अब नजिकैको रेसिस्टेन्स  २०९०  को रेन्जमा रहेको देख्न सकिन्छ l यधपी बजार आज २०६५. ८९  विन्दुमा आएर बन्द भएको छ l यदि बजारले २०९० को रेन्जलाई तोडेर जान्छ भने अर्को रेसिस्टेन्स २२०० रेंजलाई मान्न सकिन्छ l अर्कोतर्फ बजार खस्ने नै भएमा पनि १९१० को आसपासलाई अर्को सपोर्ट लिन सक्ने सामान्य आकंलन गर्न सकिन्छ l तसर्थ, अब भने आत्तिनु पर्ने अवस्था छैन l

बोलिंजर ब्याण्ड :

बोलिंगर ब्याण्डबाट आजको बजार हेर्ने प्रयास गर्दछौँ भने  बनेको बुलिस माराबोजु क्यान्डलले केही राहत भने दिएको छ l अर्कोतर्फ बजारले मिडल ब्याण्ड २१०० आसपासमा रेसिस्टेन्स लिएर फेरी तल खस्न समेत सक्ने हुँदा ढुक्कका साथ लगानी गर्छु भन्ने अवस्था चाही नरहेको सामान्य अनुमान लगाउन सकिन्छ l त्यसकारण, सुरक्षित लगानी गर्न अर्को कन्फरमेसन कुर्नुपर्ने देखिन्छ l

आर.एस.आई

आर.एस.आई ६७ उच्च विन्दुबाट  झुकेर आजको बजारसम्म आईपुग्दा  ३८.५७  विन्दुबाट फर्किएको देख्न सकिन्छ l चालिसको आसपासबाट फर्किएको बजारबाट केंही आशगर्न भने सकिन्छ तथापी भोलीको बजारलाई नियालेर हेर्दै अर्को लगानी रणनीति बनाउन सकिन्छ l तर हतारिएर सबै लगानी गरिहाल्छु भन्नेहरुका लागी केही जोखिम भने अहिले पनि देखिन्छ l

एम.ए.सी.डी

यो इन्डिकेटरबाट बजारलाई हेर्दा एम.ए.सी.डी लाइनले  सिग्नल लाईनलाई माथिबाट काटेर वियरिस क्रस ओभर बनाएको देख्न सकिन्छ l वियरिस हिस्टोग्राम केही घटेर फिक्का रातो भएको  देख्न सकिन्छ जसको सामान्य अर्थ खरिद चाप बढ्दै गरेको अनुमान लगाउन सकिन्छ l अर्कोतर्फ एम.ए.सी.डी लाईन जीरो लाइनबाट केही माथी फर्केको हुँदा सकारात्मक हुन भने सकिन्छ l यद्यपि, सुरक्षित लगानी गर्न भने निलो लाईनले रातो लाईनलाई तलबाट काटेर बुलिस क्रस ओभर दिन आवश्यक छ l

डी.एम .आई

यो इन्डिकेटरबाट बजारलाई हेर्दा दुवै डी.एम .आई लाईनको वियरिस क्रसओभर भ्यालिड देखिएको छ भने  ए. डी. एक्स. लाईनले  १९.२९ बिन्दुमा केही साइडवेज मोमेन्ट देखाएको छ   l जसले बजारमा क्रमश: बिक्री चाप कमहुँदै गएको देखाउदछ l यो प्रक्रिया निरन्तर दोहोरिने हो भने अबको मोमेन्ट बुलिस देखिने छ l अर्कोतर्फ सुरक्षित बजार प्रवेशको लागी हरियो लाईनले रातो लाईनलाई काटेर बुलिस क्रस ओभर हुन आवश्यक छ l  

निस्कर्ष :

आज बुलिस मारबोजु क्यान्डल बनेको छ जसले बजार लगानीकर्ताको नियन्त्रणमा जादै गरेको संकेत गर्दछ l तर बढ्दो बजारको सपोर्ट – रेसिस्टेन्स र बोलिंगर ब्याण्डबाट दुवैबाट हेर्ने हो भने  पहिलो रेसिस्टेन्स २१०० को आसपासमा देखिन्छ l त्यसकारण, एम.ए.सी डी र डी. एम. आई. दुवैबाट हेर्दाखेरी पनि बुलिस क्रस ओभर आउन बाँकी भएको हुँदा हतारमा लगानी गरिहाल्न भने उपयुक्त देखिंदैन l

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथी प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

Comments

Back to top