नेप्से र सिडिएससिको लापर्वाहीले रैराङ्गका लगानीकर्ता मारमा !
नेपाल स्टक एक्सचेञ्ज र केन्द्रिय निक्षेप प्रणालीको लापर्वाहीले लगानीकर्ताहरु मारमा परेका छन्।
पछिल्लो समय मर्जरपश्चात कारोबार खुल्दा निकै समस्या देखिन थालेको छ। यी दुई निकायबीचको समन्वयको अभावले गर्दा मर्जरपश्चात खुल्ने कारोबारमा समस्या देखिन थालेको हो।
रिडि र रैराङ् हाइड्रोपावरले मर्जरपश्चात एकिकृत कारोबार सुरु भएपछि आइतबार नेपाल स्टक एक्सचेञ्जले रिडि हाइड्रोपावरको नाममा रैराङ हाइड्रोपावरको पनि सेयर सूचीरण गर्यो। सूचीकरण भएको भोलिपल्टबाट नेप्सेमा ती कम्पनीको सेयर कारोबार खुल्नेछ। हिजो यी दुबै कम्पनीको सेयर कारोबार खुल्नुपर्ने हो तर त्यसो भएन। रिडि हाइड्रोपावरका सेयरधनीले कारोबार गर्न पाए तर रैराङ्ग हाइड्रोपावरका सेयरधनीले भने खातामा सेयर नै नआएको कारण खरिदबिक्री गर्न पाएनन्।
नेप्से र सिडिएसिकाबीचमा समन्यव अभावले गर्दा पछिल्लो समय यस्तो समस्या देखिएको नेप्सेका एक अधिकारीले बताए।
Comments