नेप्सेमा करिब ५६ अङ्कको वृद्धि, सम्पूर्ण सब-इन्डेक्समा हरियाली !
आज सोमबार ५५.५८ अङ्कले बढेर २.७८% वृद्धिको साथ नेप्से परिसूचक २०६५.८९ अंकमा बन्द भएको छ। कारोबार भएका २१५ कम्पनीमध्ये १८० कम्पनी उकालो लागेको छन् भने ४ कम्पनी ओरालो लागेका छन्।
कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारमा १० कम्पनीको पोजिटिभ सर्किट लागेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा रिडी पावर कम्पनी रहेको छ जसको सेयर मूल्य ९.९९ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर शिवम् सिमेन्टको भएको छ भने सबैभन्दा धेरै भोलुममा एनएमबी हाइब्रिड फन्ड एल-१ को कारोबार भएको छ ।
Comments