नेप्से इन्ट्राडे अपडेट: लगभग २६ अङ्कको वृद्धि !
आज नेप्से बजार केही अङ्कले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०४० को नजिक आएको छ। २६.४० अंकले बढेर नेप्से परिसूचक २०३६.४१ मा आएको हो । आज २ घण्टामा लगभग १ अर्बको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा सेन्ट्रल फाइनान्स कम्पनी रहेको छ जसको ८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा रिडी पावर कम्पनी रहेको छ जसले ९.९९ % गुमाएको छ । #nepseintraday
Comments