प्रि-ओपन सेसनमा करिब तीन अङ्कको गिरावट, कारोबार रकममा भने वृद्धि !
आज प्रिओपन सेसनमा नेप्से २.८२ अंकले घटेको छ।
आइतबार भारी अंकले घटेर २०१०.०१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २००७.१९ मा खुलेको हो। १७७५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १४ लाख ३० हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा धेरै हो।
आज १७ कम्पनीको कारोबार हुँदा ४ कम्पनी मात्र बढेर कारोबार भएका छन्।
Comments