अरुण भ्यालीको विद्युत बिक्री आम्दानीमा उल्लेख्य वृद्धि !
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेसँगै खुद नाफा बढेको हो।
असार मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी १६०.४९ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी १.४३ प्रतिशत बढेको छ भने कुल आम्दानी ६५.७० प्रतिशत बढेको छ। कम्पनीको सञ्चालन मुनाफा ६०.०२ प्रतिशत बढेको छ।
१ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १५ करोड २ लाख रुपैयाँ सञ्चित छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.७४ प्रतिशत कम हो।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २६ पैसा बढेर ५ रुपैयाँ २० पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ६९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६८.४६ गुणा रहेको छ।
Comments