नेप्सेमा भारी गिरावट, अबको सपोर्ट १९१० !

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l आजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

नेप्सेले आज वियरिस क्यान्डल बनाई २००९ बिन्दुमा बन्द भएको छ l जसको अर्थ बजारमा बिक्रीकर्ताको चाप बढ्दै गएकोले प्यानिक बिक्री आएको आँकलन गर्न सकिन्छ l आज बनेको क्यानडलले बजारमा केही अनिश्चितता भने पैदा गरेको छ l

सपोर्ट र रेसिस्टेन्स :

खस्दो बजारमा अब नजिकैको सपोर्ट १९१०   को रेन्जमा रहेको देख्न सकिन्छ l यधपी बजार आज २०१०.७२  विन्दुमा आएर बन्द भएको छ l तसर्थ  १९१० को रेंजबाट बजार फर्कन सक्ने हुँदा  १९०० को लेवललाई विशेष ध्यान दिनुपर्ने देखिन्छ l त्यसैगरी अब  भने प्यानिक भएर बेच्न्नु नपर्ने अवस्था सपोर्टबाट देखिन्छ l

बोलिंजर ब्याण्ड :

नेप्सेलाई बोलिंगर ब्याण्डबाट हेर्दाखेरी क्यान्डल निरन्तर वियरिस बनाई लोवर ब्याण्ड नजिकै आएको देख्न सकिन्छ l यही  लोवर ब्याण्डलाई सपोर्ट मानेर नेप्से फर्कन पनि सक्ने भएकोले प्यानिक भने हुनुपर्ने अवस्था छैन l अर्कोतर्फ लोवर ब्याण्ड केही तल झुकेकोले लोवर ब्याण्डमा सपोर्ट नलिएमा १९१५ बिन्दुबाट बजार फर्कन सक्ने अनुमान पनि लगाउन सकिन्छ l  

आर.एस.आई

आर.एस.आई ६७ उच्च विन्दुबाट  झुकेर आजको बजारसम्म आईपुग्दा  ३८.५७  विन्दुमा आएको छ l नजिकै अर्को सपोर्टको रेन्ज २३.५२ मा रहेकाले त्यो रेन्जबाट बजार फर्कन सक्ने सम्भावना जीवित नै भएको हुदा ,सारै  प्यानिक भई नहाल्नु पर्ने अवस्था जनाउँदछ  l तथापी यो इन्डिकेटर बढी ६० क्रस गर्छ भने अझ कन्फीडेन्ट ट्रेड लिन सकिन्छ l

एम.ए.सी.डी

यो इन्डिकेटरबाट बजारलाई हेर्दा एम.ए.सी.डी लाइनले  सिग्नल लाईनलाई माथिबाट काटेर वियरिस क्रस ओभर बनाएको देख्न सकिन्छ l वियरिस हिस्टोग्राम पनि लगातार बढेको देख्न सकिन्छ जसको सामान्य अर्थ बिक्रीकर्ता नै हावी भएको संकेत गर्दछ l यो इन्डिकेटरले खासै सकारात्मक हुने अवस्था भने सिर्जना गरेको देखिदैन l  

डी.एम .आई

यो इन्डिकेटरबाट बजारलाई हेर्दा दुवै डी.एम .आई लाईनको वियरिस क्रसओभर भ्यालिड देखिएको छ भने  ए. डी. एक्स. लाईनले  १९.२९ बिन्दुमा केही साइडवेज मोमेन्ट देखाएको छ   l जसले बजारमा क्रमश: बिक्री चाप कमहुँदै गएको देखाउदछ l यो प्रक्रिया निरन्तर दोहोरिने हो भने अबको मोमेन्ट बुलिस देखिने छ l

निस्कर्ष :

वियरिस क्यान्डल  बन्ने प्रकिया आज पनि दोहोरीएको छ l तर सपोर्टको माध्यमबाट बजारलाई हेर्दछौ भने १९१०  को आसपासमा बलियो सपोर्ट देखिएको छ l अर्कोतर्फ ए. डी . एक्स लाईन पनि केही साइडवेज् देखिएको छ जसले बिक्रिकर्ताको बिक्री चाँपमा केही कमी आउदै गरेको संकेत गर्दछ भने अहिले नै प्यानिक भएर सस्तोमा बिक्री गर्नु पर्ने अवस्था नरहेकाले राम्रो बढाई कुर्नपर्ने अवस्था प्राविधिक विश्लेषणबाट देखिन्छ l

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथी प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

—रोशन कुमार कार्की (प्राविधिक विश्लेषक)

Comments

Back to top