नेप्सेमा करिब २८ अङ्कको गिरावट, सम्पूर्ण सब-इन्डेक्स राता !
आज आइतबार २७.९२ अङ्कले घटेर १.३७ % गिरावटको साथ नेप्से परिसूचक २०१०.०१ अंकमा बन्द भएको छ। कारोबार भएका २२७ कम्पनीमध्ये १८ कम्पनी उकालो लागेको छन्, १६२ कम्पनी ओरालो लागेका छन् भने ३ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको ८.१०% बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा गुराँस लघुवित्तीय संस्था रहेको छ जसको सेयर मूल्य ७.०९ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर हिमालयन डिस्टिलरीको भएको छ भने सबैभन्दा धेरै भोलुममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ ।
Comments