माइक्रोसफ्टले पनि थप २०० कर्मचारी हटाउने, विश्व आर्थिक मन्दीतर्फ जाने खतरा !

माइक्रोसफ्ट कम्पनीले थप २०० कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ।

एक महिनाअघि मात्रै माइक्रोसफ्टले १८०० जना कर्मचारी हटाउने घोषणा गरेको थियो र त्यसको एक महिनापछि कम्पनीले थप २०० कर्मचारीलाई हटाउने घोषणा गर्दैछ।

यसपटक कम्पनीले ग्राहक केन्द्रित अनुसन्धान र विकास विभाग (आर एन्डडी विभाग) बाट कर्मचारीलाई निकाल्दैछ। कम्पनीले जागिर हटाउने घोषणा गरेपछि कम्पनीहरुमा जागिर लगाइदिने एजेन्टहरु प्रभावित भएका छन्।

माइक्रोसफ्टको स्वामित्वमा रहेको लिंक्डइन पोस्टका अनुसार कम्पनीको यो निर्णयले एजेन्टहरुको काममा असर गर्न सक्छ। मन्दीको डरले कम्पनीले यस्तो निर्णय गरेको विज्ञहरुले बताएका छन्।

स्रोत: एजेन्सी

Comments

Back to top