नेप्से इन्ट्राडे अपडेट: लगभग १३ अङ्कको गिरावट !
आज नेप्से बजार केही अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०२० को नजिक आएको छ। १३.०१ अंकले बढेर नेप्से परिसूचक २०२४.९१ मा आएको हो । आज २ घण्टामा लगभग ७३ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा अपर हेवाखोला हाइड्रो पावर रहेको छ जसको ८.१०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा गुराँस लघुवित्तीय संस्था रहेको छ जसले ७.७० % गुमाएको छ । #nepseintraday
Comments