विद्युत बिक्री आम्दानी बढे तापनि ङादी ग्रुपको नाफामा गिरावट !

ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा घटेको हो।

गत असार मसान्तसम्ममा कम्पनीले ७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.१९ प्रतिशत घटेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी बढे पनि गैर सञ्चालन आम्दानी घटेपछि खुद नाफा घट्न पुगेको हो।
सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ४४.४५ प्रतिशत बढेर १२ करोड ७५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा ५०.०२ प्रतिशत बढेको छ भने गैर सञ्चालन आम्दानी ३२.४९ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १७ पैसा घटेर १० रुपैयाँ ७७ पैसा मा झरेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २७.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ८० पैसा रहेको छ।

असार मसान्तसम्ममा ७० करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ८ करोड ३४ लाख रुपैयाँ रहेको छ।

Comments

Back to top