लोवर ब्याण्ड नजिक आयो क्यान्डल, अब के गर्ने ?
ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l
क्यान्डलस्टिक प्याटर्न :
क्यान्डलको माध्यमबाट निश्चित ट्रेडिङ्ग अवधिभर सेयर मूल्यको आधारमा भएको खरिदकर्ता एवम् बिक्रीकर्ताको क्रिया-प्रतिक्रियाको दृश्य देखिने गर्दछ l नेप्से चार्टमा बनेको क्यान्डलस्टिक प्याटर्नको अध्ययनबाटनेपालको सेयर बजारमा एउटा निश्चित अवधिमा भएको कारोबारको मूल्य उतारचढाव तथा लागानीकर्ताको मनोविज्ञान बुझ्न सकिन्छ l उक्त जानकारीको आधारमा भविष्यमा हुनसक्ने सम्भावित परिस्थितिको प्रक्षेपण पनि गर्न सकिन्छ lसाधारणतया हरियो क्यान्डलले मार्केट बुल र रातो क्यान्डलले वियर हुने सङ्केत गर्छ l
नेप्सेले आज वियरिस क्यान्डल बनाई २०३७.८३ बिन्दुमा बन्द भएको छ l यसको सम्मान्य अर्थ लगानीकर्ताले केही जोखीम व्यवस्थापन गरेको बुझ्न सकिन्छ l नजिकैको सपोर्टको रेन्ज पनि केही तल भएको र लगातार बनेको बियरिस क्यान्डल ,अर्को बजारमा पनि बनेमा पाँच हुने भएकोले केही बजार फर्कन अझै सक्ने अनुमान प्राविधिक विश्लेषणबाट लगाउन सकिन्छ l
सपोर्ट र रेसिस्टेन्स :
सपोर्टको माध्यमबाट खसिरहेको सेयर बजार कहाँसम्म आएर रोकिएला भन्ने कुराको अनुमान लगाउन सकिन्छ भने रेसिस्टेन्सको माध्यमबाट बढिरहेको बजार कुन बिन्दुमा ठोक्कीएर तल खस्ला भन्ने कुराको अनुमान लागाउन सकिन्छ l सपोर्ट र रेसिस्टेन्सको प्रयोगबाट सुरक्षित लगानी रणनीति तर्जुमा गर्न सकिन्छ l
खस्दो बजारमा अब नजिकैको सपोर्ट २०१५ को रेन्जमा रहेको देख्न सकिन्छ l यधपी बजार आज २०३८.१४ विन्दुमा आएर बन्द भएको छ l अर्कोतर्फ बजारले २०१५ रेन्जलाई पनि भत्काएर निरन्तर तल खस्दछ भने चाहीं केही जोखीम समेत व्यावस्थापन गरी अर्को बलियो सपोर्ट १९१० सम्मको रेन्जलाई कुर्न सकिने छ l
बोलिंजर ब्याण्ड :
बोलिंजर ब्याण्डको अध्ययनबाट बजारमा देखिएको भोलाटाईलिटी (उतारचढाव) लाई देख्न सकिन्छ l यसर्थ, दुवै आप्पर र लोवर ब्याण्ड फराकिलो हुँदै जान्छ भने बजारमा उतारचढाव बढ्दै गएको मान्न सकिन्छ l त्यसैगरी, दुवै ब्याण्ड साँघुरिएर जान्छ भने मूल्यमा खासै उतारचढाव नआएको बुझ्न सकिन्छ l
नेप्सेलाई बोलिंगर ब्याण्डबाट हेर्दाखेरी क्यान्डल निरन्तर वियरिस बनाई लोवर ब्याण्ड नजिकै आएको देख्न सकिन्छ l यही लोवर ब्याण्डलाई सपोर्ट मानेर नेप्से फर्कन पनि सक्ने भएकोले प्यानिक भने हुनुपर्ने अवस्था छैन l
आर.एस.आई
आर.एस.आईले बजारमा खरिदकर्ताको खरिद बल र बिक्रीकर्ताको बिक्री बललाई प्रतिनिधित्व गर्दछ l यो लगातार ६० भन्दा माथी जान्छ भने खरिद बल निरन्तर बढिरहेको संकेत गर्दछ l कम जोखिम मोलेर कारोबार गर्छु भन्नेहरुका लागि यो सूचक अत्यन्त लाभदायक मानिन्छ l
आर.एस.आई ६७ उच्च विन्दुबाट झुकेर सोमबार सम्म आइपुग्दा ४१.९० विन्दुमा आएको छ l नजिकै अर्को सपोर्टको रेन्ज ३८.८० मा रहेकाले त्यो रेन्जबाट बजार फर्कन सक्ने सम्भावना जीवित नै भएको हुदा ,सारै प्यानिक भई नहाल्नु पर्ने अवस्था जनाउदछ l तथापी यो इन्डिकेटर बढी ६० क्रस गर्छ भने अझ कन्फीडेन्ट ट्रेड लिन सकिन्छ l
एम.ए.सी.डी
एम.ए.सी.डी इन्डिकेटरले बुलिश क्रस ओभर र वियरिश क्रस ओभरको संकेत देखाउँदछ l यो धेरै लगानी कर्ताले प्रयोग गर्ने इन्डिकेटरको रुपमा चिनिन्छ l बुलिस क्रस ओभरले बजारमा सुरक्षित प्रवेश गर्ने र वियरिस क्रस ओभरले बजारबाट निस्किने संकेत दिने गर्दछ l त्यतिमात्र नभएर यसले बुलिश डाभरजेन्स र वियरिश डाभरजेन्स समेतको जानकारी दिने गर्दछ l
यो इन्डिकेटरबाट बजारलाई हेर्दा एम.ए.सी.डी लाइनले सिग्नल लाईनलाई माथिबाट काटेर वियरिस क्रस ओभर बनाएको देख्न सकिन्छ l वियरिस हिस्टोग्राम पनि लगातार बढेको देख्न सकिन्छ जसको सामान्य अर्थ बिक्रीकर्ता नै हावी भएको संकेत गर्दछ l यो इन्डिकेटरले खासै सकारात्मक हुने अवस्था भने सिर्जना गरेको देखिदैन l
डी.एम .आई
१४ दिने प्लस डी.एम .आई (हरियो ) र १४ दिने माइनस डी.एम .आई ( रातो ) को बुलिश क्रस ओभरले ( हरियोले रातो लाइनलाई तलबाट माथी काट्ने ) बजारमा प्रवेशको संकेत दिने गर्दछ भने ( हरियो लाइनले रातो लाईनलाई माथीबाट तलतिर ) वियरिश क्रस ओभरले बजारबाट निस्कने संकेत दिने गर्दछ l साथै यसमा भएको ए. डी. एक्स. लाइनले चाहीं बजारको मोमेन्टमबारे ( तीव्र गतीमा बढ्ने वा घट्ने ) जानकारी दिने गर्दछ l
यो इन्डिकेटरबाट बजारलाई हेर्दा दुवै डी.एम .आई लाईनको वियरिस क्रसओभर भ्यालिड देखिएको छ भने ए. डी. एक्स. लाईन १९.७० को रेन्जमा तलतिर झुकेको देख्न सकिन्छ l जसले बजारको बुलिस मोमेन्टम खस्किदै गएको अनुमान लगाउन सकिन्छ l अर्कोतर्फ रातो डी.एम .आई लाईन केही झुकेको हुँदा थोरै बजारप्रति सकारात्मक हुन सकिन्छ l
निस्कर्ष :
वियरिस क्यान्डल बन्ने प्रकिया आज पनि दोहोरीएको छ l तर सपोर्टको माध्यमबाट बजारलाई हेर्दछौ भने २०१५ को आसपासमा देखिएको छ l त्यसैगरी लगातार पाँच ओटा वियरिस क्यान्डल पश्चात्त बन्ने क्यान्डल बुलिस हुनेगरेको तथ्य विगतका तथ्यांकबाट पनि पाइन्छ किनकी पाँच आफैमा फिबोनाकी नम्बर पनि हो l आर. एस. आईबाट पनि अर्को सपोर्ट एकदम नजिकै भएकोले सानो बढाई भने देख्न सकिने छ l
पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथी प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !
—रोशन कुमार कार्की (प्राविधिक विश्लेषक)
Comments