नेप्सेमा करिब १९ अङ्कको गिरावट, म्युचल फन्डबाहेक सबै सब-इन्डेक्स राता !
आज बिहिबार १८.९६ अङ्कले घटेर ०.९२% गिरावटको साथ नेप्से परिसूचक २०३७.९३ अंकमा बन्द भएको छ। कारोबार भएका २२३ कम्पनीमध्ये ३२ कम्पनी उकालो लागेको छन्, १५० कम्पनी ओरालो लागेका छन् भने मात्र १ कम्पनी स्थिर रहेको छ।
कारोबार भएका १ उप-समुहबाहेक बाँकी १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारमा हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको पोजिटिभ सर्किट लेभलमा कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा युनिलिभर नेपाल रहेको छ जसको सेयर मूल्य ८.२३ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर शिवम् सिमेन्टको भएको छ भने सबैभन्दा धेरै भोलुममा लक्ष्मी इकुइटी फन्डको कारोबार भएको छ ।
Comments