नेप्से इन्ट्राडे अपडेट: लगभग ५ अङ्कको वृद्धि !

आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०६० को नजिक आएको छ। ४.९० अंकले बढेर नेप्से परिसूचक २०६१.७९ मा आएको हो । आज २ घण्टामा लगभग ७२ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा हिमालयन हाइड्रो पावर रहेको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा युनीलिभर नेपाल रहेको छ जसले ६.०७ % गुमाएको छ । #nepseintraday

Comments

Back to top