बियरिस स्पिनिंग टप बनेसँगै नेप्से केही बढ्नसक्ने, लगानीकर्ताको प्यानिकमा केही कमी !

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l

क्यान्डलस्टिक प्याटर्न :

क्यान्डलको माध्यमबाट निश्चित ट्रेडिङ्ग अवधिभर सेयर मूल्यको आधारमा भएको खरिदकर्ता एवम् बिक्रीकर्ताको क्रिया-प्रतिक्रियाको दृश्य  देखिने गर्दछ l नेप्से चार्टमा बनेको क्यान्डलस्टिक प्याटर्नको अध्ययनबाटनेपालको सेयर बजारमा एउटा  निश्चित अवधिमा भएको  कारोबारको मूल्य उतारचढाव तथा लागानीकर्ताको मनोविज्ञान बुझ्न सकिन्छ l उक्त जानकारीको आधारमा भविष्यमा हुनसक्ने सम्भावित परिस्थितिको प्रक्षेपण पनि गर्न सकिन्छ lसाधारणतया हरियो क्यान्डलले मार्केट बुल र रातो क्यान्डलले वियर हुने सङ्केत गर्छ  l  

आज बनेको क्यान्डल बियरिस स्पिनिंग टप क्यान्डल  हो l  यसको सामान्य अर्थ बजारमा तीव्र गतीमा आएको गिरावट केही रोकिएको देखाउँदछ l लगातार खासीरहेको बजारमा बनेको इस्पिनिंग टप क्यान्डलले बिक्रीकर्ताको चापमा केही कमी आएकोले बजार खस्ने नै भएमा पनि एउटा राम्रो बेच्ने अवसर दिन सक्ने कुरा बुझ्न सकिन्छ l त्यसकारण, प्यानिक भैहाल्नु पर्ने अवस्था भने देखिँदैन l

सपोर्ट र रेसिस्टेन्स :

सपोर्टको माध्यमबाट खसिरहेको सेयर बजार कहाँसम्म आएर रोकिएला  भन्ने कुराको अनुमान लगाउन  सकिन्छ भने रेसिस्टेन्सको माध्यमबाट बढिरहेको बजार कुन बिन्दुमा  ठोक्कीएर तल खस्ला  भन्ने कुराको अनुमान लागाउन सकिन्छ l सपोर्ट र रेसिस्टेन्सको प्रयोगबाट सुरक्षित लगानी रणनीति तर्जुमा गर्न सकिन्छ l 

खस्दो बजारमा अब नजिकैको सपोर्ट २०२२  को रेन्जमा रहेको देख्न सकिन्छ l यद्यपि, बजार आज २०५७ .६८   विन्दुमा आएर बन्द भएको छ l अर्कोतर्फ  बजारले आज  बियरिस स्पिनिंग टप बनाएको हुँदा अर्को नजिकैको सपोर्ट रेन्जबाट फर्कन सक्ने आधार जीवित नै राखेको छ l

बोलिंजर ब्याण्ड :

बोलिंजर ब्याण्डको अध्ययनबाट बजारमा देखिएको भोलाटाईलिटी (उतारचढाव) लाई देख्न सकिन्छ l यसर्थ, दुवै आप्पर र लोवर ब्याण्ड फराकिलो हुँदै जान्छ भने बजारमा उतारचढाव बढ्दै गएको मान्न सकिन्छ l त्यसैगरी, दुवै ब्याण्ड साँघुरिएर जान्छ भने मूल्यमा खासै  उतारचढाव नआएको बुझ्न सकिन्छ l

नेप्सेलाई बोलिंजर ब्याण्ड लगाएर हेर्दाखेरी  ब्याण्ड केही खुम्चिदै गएको देख्न सकिन्छ l बोलिंगर ब्याण्डको मिडिल ब्याण्डलाई भात्काए तापनि अझै एउटा सानो बढाई आई मिडिल ब्याण्डलाई नै प्रतिरोध लिन सक्ने आधार पनि देखिएकोले बजार बढेमा केही जोखीम व्यवस्थापन समेत गर्न सकिने छ  l

आर.एस.आई

आर.एस.आईले बजारमा खरिदकर्ताको खरिद बल र बिक्रीकर्ताको बिक्री बललाई प्रतिनिधित्व गर्दछ l यो लगातार ६० भन्दा माथी जान्छ भने खरिद बल निरन्तर बढिरहेको संकेत गर्दछ  l कम जोखिम मोलेर कारोबार गर्छु भन्नेहरुका लागि यो सूचक अत्यन्त  लाभदायक मानिन्छ l

आर.एस.आई ६७ उच्च विन्दुबाट  झुकेर मंगलबार  सम्म आइपुग्दा ४४. ६९  विन्दुमा आएको छ l नजिकै अर्को सपोर्टको रेन्ज ३८.८८  मा रहेकाले त्यो रेन्जबाट बजार फर्कन सक्ने सम्भावना जीवित नै भएको हुँदा ,सारै  प्यानिक भई नहाल्नु पर्ने अवस्था जनाउँदछ  l तसर्थ, फेरी पनि बजारले एउटा सपोर्ट लिएर केही बढ्ने हुँदा आत्तिएर सस्तोमा बिक्री गरिहाल्नु पर्ने अवस्था अब चाहीं देखाउँदैन l तथापी, यो इन्डिकेटर बढी ६० क्रस गर्छ भने अझ कन्फीडेन्ट ट्रेड लिन सकिन्छ l

एम.ए.सी.डी

एम.ए.सी.डी इन्डिकेटरले बुलिश क्रस ओभर र वियरिश क्रस ओभरको संकेत देखाउँदछ l यो धेरै लगानी कर्ताले प्रयोग गर्ने इन्डिकेटरको रुपमा चिनिन्छ l बुलिस क्रस ओभरले बजारमा सुरक्षित प्रवेश गर्ने र वियरिस क्रस ओभरले बजारबाट निस्किने संकेत दिने गर्दछ l त्यतिमात्र नभएर यसले बुलिश डाभरजेन्स र वियरिश डाभरजेन्स समेतको जानकारी दिने गर्दछ l

यो इन्डिकेटरबाट बजारलाई हेर्दा एम.ए.सी.डी लाइनले  सिग्नल लाईनलाई माथिबाट काटेर बियरिस क्रस ओभर बनाएको देख्न सकिन्छ l त्यतिमात्र नभएर हिस्टोग्राम पनि लगातार रातो भई बढेको देख्न सकिन्छ l यसको सामान्य मनोविज्ञान बजार बिक्रिकर्ताको नियन्त्रणमा छ l हिजो र आज सम्ममा नै केही जोखीम व्यस्थापन गरीसक्नुपर्ने भएको हुँदा आगामी दिनमा भने चाहीं राम्रो रिट्रेसमेन्ट कुरी बजार बढेको बेला केही नगदमा बस्नु उपयुक्त देखिन्छ l

डी.एम .आई

१४ दिने प्लस  डी.एम .आई (हरियो ) र १४ दिने माइनस  डी.एम .आई ( रातो ) को बुलिश क्रस ओभरले ( हरियोले रातो लाइनलाई तलबाट माथी काट्ने )  बजारमा प्रवेशको संकेत दिने गर्दछ भने ( हरियो लाइनले रातो लाईनलाई माथीबाट तलतिर )  वियरिश क्रस ओभरले बजारबाट निस्कने संकेत दिने गर्दछ l साथै यसमा भएको ए. डी. एक्स. लाइनले चाहीं बजारको मोमेन्टमबारे ( तीव्र गतीमा बढ्ने वा घट्ने ) जानकारी दिने गर्दछ l

यो इन्डिकेटरबाट बजारलाई हेर्दा दुवै डी.एम .आई लाईनले वियरिस क्रस ओभर बनाएको छ  l त्यसैगरी,   ए. डी. एक्स. लाइन २२ को रेन्जमा झुकेको  देख्न सकिन्छ l जसले बजारको बुलिस  मोमेन्टम खस्किदै गएको अनुमान लगाउन सकिन्छ l बियरिस क्रस ओभरले बिक्री गने संकेत नै गर्ने भएकोले बजार बढेमा केही जोखीम व्यवस्थापन गर्न सकिने छ l  

निस्कर्ष : क्यान्डलको आधारमा  बजारलाई हेर्दाखेरी आज वियरिस स्पिनिङ्ग टप क्यान्डल बनेको छ जसले बजारमा बिक्रीकर्ताको प्यानिक बिक्रीलाई खरिदकर्ताले केही हदसम्म नियन्त्रण गर्न सफल भएको देख्न सकिन्छ l अर्कोतर्फ बजार खस्ने नै भएता पनि एउटा सानो रेट्रेसमेन्ट( थोरै बढाई) भने आउने नै हुँदा प्यानिक भई सस्तोमा बिक्री गर्नुपर्ने अवस्था देखिदैन  l  

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि  प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागि  मात्र भएकोले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

—रोशन कुमार कार्की (प्राविधिक विश्लेषक)

Comments

Back to top