मर्जर प्रस्ताव पारित गर्दै ज्योति लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणा सभा सम्पन्न भएको छ । साउन २४ गते मंगलबार वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरामा विशेष साधारण सभा बोलाएको थियो ।
कम्पनीले सूर्या लाइफ इन्स्योरेन्ससँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, सेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले बीमा समितिको निर्देशन अनुसार पूँजी वृद्धिको मर्जर तथा एक्वीजिसन विषयमा गरिएको सञ्चालक समितिको निर्णय अनुमोदन गरेको हो ।
यस्तै कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व संरचना क्रमश ७०:३० को अनुपातमा रहेको संस्थापकहरुको १९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
Comments