नेप्सेमा करिब ५ अङ्कको गिरावट, ५६ कम्पनी उकालो लाग्दा ११९ लागे ओरालो !
आज बुधबार ५.११ अङ्कले घटेर ०.२५ % गिरावटको साथ नेप्से परिसूचक २०५७.६८ अंकमा बन्द भएको छ। कारोबार भएका २१८ कम्पनीमध्ये ५६ कम्पनी उकालो लागेको छन्, ११९ कम्पनी ओरालो लागेका छन् भने मात्र ७ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका २ उप-समुहबाहेक बाँकी ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारमा हिमालयन हाइड्रोपावरको पोजिटिभ सर्किट लेभलमा कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा हिमालयन एभरेस्ट इन्स्योरेन्स रहेको छ जसको सेयर मूल्य ९.९९ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको भएको छ भने सबैभन्दा धेरै भोलुममा अपि पावर कम्पनीको कारोबार भएको छ ।
Comments