नेप्से इन्ट्राडे अपडेट: लगभग ५ अङ्कको वृद्धि !
आज नेप्से बजार केही अङ्कले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०७० को नजिक आएको छ। ५.६२ अंकले बढेर नेप्से परिसूचक २०६८.४२ मा आएको हो । आज २ घण्टामा लगभग ९४ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा हिमालयन हाइड्रो पावर रहेको छ जसको ९.९७% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स रहेको छ जसले ९.९९ % गुमाएको छ । #nepseintraday
Comments