आईपीओ भर्दा चार्ज नलिने बैंक कुन हुन् ?

धेरै जसो बैंकहरुले आईपीओ भर्दा कमिसन लिन्छन् । बैंकले ग्राहकसँग निश्चित रकम लिने गरेका छन् भने कतिपय बैंकले यो सेवा निःशुल्क दिइरहेका छन् । जसलाई सी–आस्वा सेवा भनिन्छ ।

सी–आस्वा सेवा हाल सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुले दिन्छन् । तर यस्तो प्रकारको सेवा दिए वापत २६ वटा वाणिज्य बैंकहरुले मात्र शुल्क तोकेका छन् भने बाँकी ३ वटा वाणिज्य बैंकले निःशुल्क सी–आस्वा सेवा ग्राहकलाई दिइरहेका छन् ।

सी–आस्वा सेवा दिएवापत १२ वटा वाणिज्य बैंकले १ रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क तय गरेका छन् । जसमा सबैभन्दा बढी स्ट्यान्र्डड चार्डर्ट बैंकले १ सय रुपैयाँ र सबैभन्दा थोरै प्रभु बैंकले १ रुपैयाँ सी–आस्वा शुल्क तोकेको छ ।

त्यस्तै नेपाल बैंक, नेपाल एसबीआइ बैंक र लक्ष्मी बैंकले २५ रुपैयाँ शुल्क तोकेका छन् । साथै, सिटिजन्स बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, एनएमबी बैंक र कुमारी बैंकले २० रुपैयाँका दरले सी–आस्वा शुल्क तोकेका छन् ।

यसैगरी, कृषि विकास बैंक र सनराइज बैंकले १० रुपैयाँका दरले आश्वा शुल्क तय गरेका छन् । यसबाहेक नबिल बैंक, एनआइसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई निःशुल्क सी–आस्वा सेवा दिइरहेका छन् ।

Comments

Back to top