नेपाल टेलिकमको ३ कराेड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्जमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । मंगलबार कम्पनीको ३ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

नेप्सेमा सूचीकृत सेयर डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिन्छ ।

Comments

Back to top