नागरिक लगानी कोषको नयाँ सेयरमूल्य निर्धारित !

नेपाल स्टक एक्सचेञ्जमा नागरिक लगानी कोषको सेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन कम्पनीको ३० प्रतिशत बोनस सेयर समायोजन भएको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य २ हजार २१४ रुपैयाँ ६२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता २ हजार ८७९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश पारित गनै कम्पनीले भदौ ६ गते साधारण सभा बोलाएको छ।

Comments

Back to top