नेप्सेमा करिब ४३ अङ्कको गिरावट, सम्पूर्ण सब-इन्डेक्स राताम्मे !
आज मंगलबार ४३.३५ अङ्कले घटेर २.०६ % गिरावटको साथ नेप्से परिसूचक २०६२.८० अंकमा बन्द भएको छ। कारोबार भएका २२२ कम्पनीमध्ये ९ कम्पनी उकालो लागेको छन्, १७१ कम्पनी ओरालो लागेका छन् भने मात्र १ कम्पनी स्थिर रहेको छ।
कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारमा हिमालयन हाइड्रोपावरको पोजिटिभ सर्किट लेभलमा कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा गणपति लघुवित्त रहेको छ जसको सेयर मूल्य ७.२७ % ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर सिटिजन इन्भेस्टमेन्ट फन्डको भएको छ भने सबैभन्दा धेरै भोलुममा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको कारोबार भएको छ ।
Comments