नेप्से इन्ट्राडे अपडेट: लगभग २४ अङ्कको गिरावट, नेप्सेले तोड्दै २०९० को सपोर्ट !

आज नेप्से बजार भारी अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०८० को नजिक आएको छ। २३.७५ अंकले घटेर नेप्से परिसूचक २०८२.४० मा आएको हो । आज २ घण्टामा लगभग ९९ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा हिमालयन हाइड्रो पावर रहेको छ जसको ९.९७% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा तेह्रथुम पावर कम्पनी रहेको छ जसले ५.१७ % गुमाएको छ । #nepseintraday

Comments

Back to top