नेप्सेमा बन्यो ‘बियरिश इन्गल्फिंग’, भोलिको बजार के होला?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत शेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l

क्यान्डलस्टिक प्याटर्न :

क्यान्डलको माध्यमबाट निश्चित ट्रेडिङ्ग अवधिभर सेयर मूल्यको आधारमा भएको खरिदकर्ता एवम् बिक्रीकर्ताको क्रिया-प्रतिक्रियाको दृश्य  देखिने गर्दछ l नेप्से चार्टमा बनेको क्यान्डलस्टिक प्याटर्नको अध्ययनबाटनेपालको सेयर बजारमा एउटा  निश्चित अवधिमा भएको  कारोबारको मूल्य उतारचढाव तथा लागानीकर्ताको मनोविज्ञान बुझ्न सकिन्छ l उक्त जानकारीको आधारमा भविष्यमा हुनसक्ने सम्भावित परिस्थितिको प्रक्षेपण पनि गर्न सकिन्छ lसाधारणतया हरियो क्यान्डलले मार्केट बुल र रातो क्यान्डलले वियर हुने सङ्केत गर्छ  l  

आज बनेको क्यान्डल बियरिश इन्गल्फिंग हो l  जसको अर्थ बजारमा बिक्रिकर्ता हावी भएको देख्न सकिन्छ l तथापी बजारले प्यानिक हुनपर्ने अवस्था भने देखाएको छैन तर २०९० आसपासबाट पनि बजार फर्कन मान्दैन भने चाहीं केही जोखीम व्यवस्थापन गरी तल्लो रेन्जको सपोर्ट कुर्न सकिने छ  l

सपोर्ट र रेसिस्टेन्स :

सपोर्टको माध्यमबाट खसिरहेको सेयर बजार कहाँसम्म आएर रोकिएला  भन्ने कुराको अनुमान लगाउन  सकिन्छ भने रेसिस्टेन्सको माध्यमबाट बढिरहेको बजार कुन बिन्दुमा  ठोक्कीएर तल खस्ला  भन्ने कुराको अनुमान लागाउन सकिन्छ l सपोर्ट र रेसिस्टेन्सको प्रयोगबाट सुरक्षित लगानी रणनीति तर्जुमा गर्न सकिन्छ l 

खस्दो बजारमा अब नजिकैको सपोर्ट २०९० को रेन्जमा रहेको देख्न सकिन्छ l यधपी बजार आज २१०६ विन्दुमा आएर बन्द भएको छ l अर्कोतर्फ  बजारले २०९० रेन्जलाई पनि भत्काएर निरन्तर तल खस्दछ भने चाहीं केही जोखीम समेत व्यवस्थापन गरी अर्को बलियो सपोर्ट १९१०  सम्मको रेन्जलाई कुर्न सकिने छ l

बोलिंजर ब्याण्ड :

बोलिंजर ब्याण्डको अध्ययनबाट बजारमा देखिएको भोलाटाईलिटी (उतारचढाव) लाई देख्न सकिन्छ l यसर्थ, दुवै आप्पर र लोवर ब्याण्ड फराकिलो हुँदै जान्छ भने बजारमा उतारचढाव बढ्दै गएको मान्न सकिन्छ l त्यसैगरी, दुवै ब्याण्ड साँघुरिएर जान्छ भने मूल्यमा खासै  उतारचढाव नआएको बुझ्न सकिन्छ l

नेप्सेलाई बोलिंजर ब्याण्ड लगाएर हेर्दाखेरी  ब्याण्ड केही खुम्चिदै गएको देख्न सकिन्छ l बजारले आज पनि मिडिल ब्याण्डलाई तोडेर तल भने आएको छैन l  त्यसकारण बजार अझैपनी समालिएर केही माथी जानसक्ने आधार जीवित नै रहेको छ l अर्कोतर्फ बजार  तीव्र गतीमा खसेर मिडिल ब्याण्डआई ब्रेक गर्दछ भने चाहीं जोखीम व्यवस्थापन गर्न सकिने कुरा बोलिंजर व्याण्डबाट देखिन्छ l

आर.एस.आई

आर.एस.आईले बजारमा खरिदकर्ताको खरिद बल र बिक्रीकर्ताको बिक्री बललाई प्रतिनिधित्व गर्दछ l यो लगातार ६० भन्दा माथी जान्छ भने खरिद बल निरन्तर बढिरहेको संकेत गर्दछ  l कम जोखिम मोलेर कारोबार गर्छु भन्नेहरुका लागि यो सूचक अत्यन्त  लाभदायक मानिन्छ l

आर.एस.आई ६७ उच्च विन्दुबाट  झुकेर सोमबार  सम्म आइपुग्दा ५१.४५ विन्दुमा आएको छ l नजिकै अर्को सपोर्टको रेन्ज ४९.८९ मा रहेकाले त्यो रेन्जबाट बजार फर्कन सक्ने सम्भावना जीवित नै भएको हुँदा साह्रै  प्यानिक भई नहाल्नु पर्ने अवस्था जनाउँदछ  l अन्यथा बजार मोमेन्टमका साथ खस्न गएकोमा केही नगदमा बस्नु उपयुक्त देखिन्छ l  तथापी, यो इन्डिकेटर बढी ६० क्रस गर्छ भने अझ कन्फीडेन्ट ट्रेड लिन सकिन्छ l

एम.ए.सी.डी

एम.ए.सी.डी इन्डिकेटरले बुलिश क्रस ओभर र वियरिश क्रस ओभरको संकेत देखाउँदछ l यो धेरै लगानी कर्ताले प्रयोग गर्ने इन्डिकेटरको रुपमा चिनिन्छ l बुलिस क्रस ओभरले बजारमा सुरक्षित प्रवेश गर्ने र वियरिस क्रस ओभरले बजारबाट निस्किने संकेत दिने गर्दछ l त्यतिमात्र नभएर यसले बुलिश डाभरजेन्स र वियरिश डाभरजेन्स समेतको जानकारी दिने गर्दछ l

यो इन्डिकेटरबाट बजारलाई हेर्दा एम.ए.सी.डी लाइनले  सिग्नल लाईनलाई माथिबाट काटेर वियरिस क्रस ओभर बनाएको देख्न सकिन्छ l यदि मंगलबारको बजारमा पनि वियरिस क्यान्डल नै बन्दछ भने चाहीं यो वियरिस क्रस ओभर भ्यालिड भएको देख्न सकिन्छ जसको सामान्य अर्थ केही जोखिम व्यवस्थापन गर्नु हो  l अर्कोतर्फ बुलिस क्यान्डल बनेमा बजारले माथिकै निरन्तरता दिन सक्ने अनुमान लगाउन सकिन्छ l

डी.एम .आई

१४ दिने प्लस  डी.एम .आई (हरियो ) र १४ दिने माइनस  डी.एम .आई ( रातो ) को बुलिश क्रस ओभरले ( हरियोले रातो लाइनलाई तलबाट माथी काट्ने )  बजारमा प्रवेशको संकेत दिने गर्दछ भने ( हरियो लाइनले रातो लाईनलाई माथीबाट तलतिर )  वियरिश क्रस ओभरले बजारबाट निस्कने संकेत दिने गर्दछ l साथै यसमा भएको ए. डी. एक्स. लाइनले चाहीं बजारको मोमेन्टमबारे ( तीव्र गतीमा बढ्ने वा घट्ने ) जानकारी दिने गर्दछ l

यो इन्डिकेटरबाट बजारलाई हेर्दा दुवै डी.एम .आई लाईनको बुलिस क्रसओभर भ्यालिड देखिएको छ भने  ए. डी. एक्स. लाइन २३.७८    को रेन्जमा केही झुकेको  देख्न सकिन्छ l जसले बजारको बुलिस  मोमेन्टम खस्किदै गएको अनुमान लगाउन सकिन्छ l त्यसैगरी दुवै हरियो र रातो डी.एम .आई लाइन केही नाजिकिदै गएको छ l त्यसकारण हरियो लाइनले रातो लाइनलाई काटेर तल आउदछ भने बजारबाट निस्कने  संकेत गर्दछ l

निस्कर्ष : क्यान्डलको आधारमा  बजारलाई हेर्दाखेरी आज वियरिस इन्गल्फिंग क्यान्डल बनेको छ जसले बजारमा बिक्रिकर्ता हावी हुदै गएको देखाउदछ l अबको बलियो सपोर्ट २०९० को आसपासमा रहेकोले भोली बजार निरन्तर खसेर यो रेंजलाई तोड्दै गएमा बोलिंगर ब्याण्डको मिडिल ब्याण्डलाई पनि ब्रेकगर्ने हुदा केही जोखिम व्यवस्थापन गर्न सकने छ l अर्कोतर्फ बजारमा बुलिस नै कायम भएमा होल्ड गर्न पनि सकिने छ l

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथी प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

—रोशन कुमार कार्की (प्राविधिक विश्लेषक)

Comments

Back to top