नेप्सेमा करिब १८ अङ्कको गिरावट, ५० कम्पनी उकालो लाग्दा १२३ लागे ओरालो !
आज सोमबार १७.६७ अङ्कले घटेर ०.८३ % गिरावटको साथ नेप्से परिसूचक २१०६.१६ अंकमा बन्द भएको छ। कारोबार भएका २१४ कम्पनीमध्ये ५० कम्पनी उकालो लागेको छन्, १२३ कम्पनी ओरालो लागेका छन् भने ८ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएको २ उप-समुहबाहेक बाँकी ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पुँजीकरण घटेर ३० खर्ब ०५ अर्ब पुगेको छ।
प्रमुख कारोबार
आज नेप्से बजारमा दुई कम्पनीको पोजिटिभ सर्किट लेभलमा कारोबार भएको छ । ती हुन् गुराँस लघुवित्त र हिमालयन हाइड्रो पावर लिमिटेड । सबभन्दा धेरै गुमाउनेमा जानकी फाइनान्स कम्पनी रहेको छ जसले ४.३१ % गुमाएको छ । सबैभन्दा धेरै टर्नओभर शिवम सिमेन्टको भएको छ भने सबै भन्दा धेरै भोलुममा नेसनल हाइड्रो पावरको कारोबार भएको छ ।
Comments