नेप्से इन्ट्राडे अपडेट: लगभग १० अङ्कको वृद्धि !

आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातदेखि नै बढेको नेप्से १ बजेसम्म २१३० को नजिक आएको छ। १०.६० अंकले बढेर नेप्से परिसूचक २१३४.४२ मा आएको हो । आज २ घण्टामा लगभग १ अर्बको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा युनीलिभर नेपाल रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एनआईसी एशिया सेलेक्ट फन्ड ३० रहेको छ जसले ४.०६ % गुमाएको छ । #nepseintraday

Comments

Back to top