प्रि ओपन सेसनमा हिमालयन हाइड्रोपावरको पहिलो कारोबार !
प्रि ओपन सेसनमा हिमालयन हाइड्रोपावर (HHL)को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको सेयर प्रतिकित्ता २२८ रुपैयाँमा पहिलो कारोबार भएको हो।
कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको सेयर साउन २० गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको ९ लाख कित्ता, सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ८७ लाख कित्ता गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको सेयरलाई नेप्सेले न्युनतम ७६ रुपैयाँ ३३ पैसा र अधिकतम २२८ रुपैयाँ ९९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। आज उच्च रेञ्जमा कम्पनीको सेयर कारोबार भएको छ।
Comments