प्रि-ओपन सेसनमा करिब साढे चार अङ्कको वृद्धि, कारोबार रकम पनि उल्लेख्य !

आज प्रिओपन सेसनमा नेप्से ४.३६ अंकले बढेको छ।

आइतबार केही अंकले बढेर २१२३.८३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१२८.१८ मा खुलेको हो। ७८४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ४ लाख २५ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम यस अघिको कारोबार दिन भन्दा केही कम हो।

आज २० कम्पनीको कारोबार हुँदा १७ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top