साताको पहिलो दिन नेप्सेको प्राविधिक विश्लेषण !
ग्राफ प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l
क्यान्डलस्टिक प्याटर्न :
क्यान्डलको माध्यमबाट निश्चित ट्रेडिङ्ग अवधिभर सेयर मूल्यको आधारमा भएको खरिदकर्ता एवम् बिक्रीकर्ताको क्रिया-प्रतिक्रियाको दृश्य देखिने गर्दछ l नेप्से चार्टमा बनेको क्यान्डलस्टिक प्याटर्नको अध्ययनबाटनेपालको सेयर बजारमा एउटा निश्चित अवधिमा भएको कारोबारको मूल्य उतारचढाव तथा लागानीकर्ताको मनोविज्ञान बुझ्न सकिन्छ l उक्त जानकारीको आधारमा भविष्यमा हुनसक्ने सम्भावित परिस्थितिको प्रक्षेपण पनि गर्न सकिन्छ lसाधारणतया हरियो क्यान्डलले मार्केट बुल र रातो क्यान्डलले वियर हुने सङ्केत गर्छ l
आजको बजारलाई सरसर्ती हेर्दा बुलिस क्यान्डल बनेको देख्न सकिन्छ l जसले बजारमा बिक्रिकर्ताको निरन्तर बिक्री प्रेसरलाई खरिदकर्ताले आफ्नो नियन्त्रणमा लिन सफल भएको देख्न सकिन्छ l अघिल्लो वियरिस माराबोजु क्यान्डलको आधा भाग आज बनेको क्यान्डलले छोप्न सफल भएको छ , जसको अर्थ भोलीको बजारमा पनि बुलिस निरन्तरता देख्न सकने अनुमान लगाउन सकिन्छ l
सपोर्ट र रेसिस्टेन्स :
सपोर्टको माध्यमबाट खसिरहेको सेयर बजार कहाँसम्म आएर रोकिएला भन्ने कुराको अनुमान लगाउन सकिन्छ भने रेसिस्टेन्सको माध्यमबाट बढिरहेको बजार कुन बिन्दुमा ठोक्कीएर तल खस्ला भन्ने कुराको अनुमान लागाउन सकिन्छ l सपोर्ट र रेसिस्टेन्सको प्रयोगबाट सुरक्षित लगानी रणनीति तर्जुमा गर्न सकिन्छ l
खस्दो बजारमा अब नजिकैको सपोर्ट २०९० को रेन्जमा बाट बजार फर्किएको देख्न सकिन्छ l यधपी २१०० को आसपास बाट बजारले सपोर्ट लिएर बुलिस क्यान्डल सहित फर्केको छ जसले भोलीको कारोबारमा पनि बुलिस क्यान्डल नै बन्छ भनेचाहीं अबको रेसिस्टेन्स २३९० हुने देख्न सकिन्छ l अर्कोतर्फ बजारले २०९० रेन्जलाई पनि भत्काएर निरन्तर तल खस्दछ भने चाहीं केही जोखीम समेत व्यावस्थापन गरी अर्को बलियो सपोर्ट १९१२ सम्मको रेन्जलाई कुर्न सकिने छ l
बोलिंजर ब्याण्ड :
बोलिंजर ब्याण्डको अध्ययनबाट बजारमा देखिएको भोलाटाईलिटी (उतारचढाव) लाई देख्न सकिन्छ l यसर्थ, दुवै आप्पर र लोवर ब्याण्ड फराकिलो हुँदै जान्छ भने बजारमा उतारचढाव बढ्दै गएको मान्न सकिन्छ l त्यसैगरी, दुवै ब्याण्ड साँघुरिएर जान्छ भने मूल्यमा खासै उतारचढाव नआएको बुझ्न सकिन्छ l
नेप्सेलाई बोलिंजर ब्याण्ड लगाएर हेर्दाखेरी ब्याण्ड केही खुम्चिदै गएको देख्न सकिन्छ l बजारले आज मिडिल ब्याण्डलाई सपोर्ट लिएर केही माथी गएको छ जसले यही ब्याण्डलाई फाइनल सपोर्ट मान्दछ भने बुलकै निरन्तरता हुन सक्ने आँकलन लगाउन सकिन्छ l
आर.एस.आई
आर.एस.आईले बजारमा खरिदकर्ताको खरिद बल र बिक्रीकर्ताको बिक्री बललाई प्रतिनिधित्व गर्दछ l यो लगातार ६० भन्दा माथी जान्छ भने खरिद बल निरन्तर बढिरहेको संकेत गर्दछ l कम जोखिम मोलेर कारोबार गर्छु भन्नेहरुका लागि यो सूचक अत्यन्त लाभदायक मानिन्छ l
आर.एस.आई ६७ उच्च विन्दुबाट झुकेर आइतबार सम्म आइपुग्दा ५२.८२ विन्दुबाट माथितिर नै फर्किएको छ जुन अत्यन्त सकारात्मक कुरा हो l सामान्यतया यो विन्दुबाट बजार अक्सर फर्कने हुदाँ बजार फर्किएमा नयाँ इन्ट्री समेत लिन सकिन्थियो l तथापी यो इन्डिकेटर बढी ६० क्रस गर्छ भने अझ कन्फीडेन्ट ट्रेड लिन सकिन्छ l
एम.ए.सी.डी
एम.ए.सी.डी इन्डिकेटरले बुलिश क्रस ओभर र वियरिश क्रस ओभरको संकेत देखाउँदछ l यो धेरै लगानी कर्ताले प्रयोग गर्ने इन्डिकेटरको रुपमा चिनिन्छ l बुलिस क्रस ओभरले बजारमा सुरक्षित प्रवेश गर्ने र वियरिस क्रस ओभरले बजारबाट निस्किने संकेत दिने गर्दछ l त्यतिमात्र नभएर यसले बुलिश डाभरजेन्स र वियरिश डाभरजेन्स समेतको जानकारी दिने गर्दछ l
यो इन्डिकेटरबाट बजारलाई हेर्दा एम.ए.सी.डी लाइन सिग्नल लाईनसंग जोडिएको देख्न सकिन्छ l हिस्टोग्राम लगातार घटेर सानो भएको छ जसले भोलीको कारोबारमा बुलिस क्यान्डल बन्छ भने गाढा हिस्टोग्राम बन्नेछ भने वियरिस क्यान्डल बनेको खण्डमा रातो हिस्टोग्राम बन्नेछ l यदी रातो हिस्टोग्राम बनेर हरियो लाईनले रातो लाइनलाई माथिबाट तलतिर काट्छ भने बिक्री गर्नुपर्ने देखिन्छ l अर्कोतर्फ भोली हरियो लाईनले रातो लाईनलाई किस गरेर हुक बनाउदछ भने बुलिस निरन्तरताको संकेत दिने गर्दछ l
डी.एम .आई
१४ दिने प्लस डी.एम .आई (हरियो ) र १४ दिने माइनस डी.एम .आई ( रातो ) को बुलिश क्रस ओभरले ( हरियोले रातो लाइनलाई तलबाट माथी काट्ने ) बजारमा प्रवेशको संकेत दिने गर्दछ भने ( हरियो लाइनले रातो लाईनलाई माथीबाट तलतिर ) वियरिश क्रस ओभरले बजारबाट निस्कने संकेत दिने गर्दछ l साथै यसमा भएको ए. डी. एक्स. लाइनले चाहीं बजारको मोमेन्टमबारे ( तीव्र गतीमा बढ्ने वा घट्ने ) जानकारी दिने गर्दछ l
यो इन्डिकेटरबाट बजारलाई हेर्दा दुवै डी.एम .आई लाईनको क्रसओभर भ्यालिड देखिएको छ भने ए. डी. एक्स. लाइन २४.२५ को रेन्जमा केही झुकेको देख्न सकिन्छ l जसले बजारमा मुमेंटमको साथमा खरिद चाप आउन सक्ने सम्भावाना रहे/ नरहेको भोलीको बजार हेरिसके पछि मात्र थाहा पाउन सकिने संकेत गर्दछ l
निस्कर्ष : क्यान्डलको आधारमा बजारलाई हेर्दाखेरी आइतबार बनेको क्यान्डलले शुक्रबार बनेको वियरिस माराबोजु क्यान्डलको आधा भाग हरियो क्यान्डल बनी छोपेको छ जसले बुल कै निरन्तरता हुन सक्ने अनुमान लगाउन सकिन्छ l त्यसैगरी, बोलिंजर ब्याण्ड र सपोर्ट दुबैलाई हेर्ने प्रयास गर्छौ भने मिडिल ब्याण्ड २०९० लाई सपोर्ट लिएर बजार फर्कन सक्ने सम्भावानालाई सम्मान गरेको छ l तसर्थ प्राविधिक विष्लेषणबाट बजारलाई हेर्दाखेरी सकारात्मक हुनसक्ने आधार देख्न सकिन्छ l
पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथी प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !
—रोशन कुमार कार्की
प्राविधिक विश्लेषक
Comments